काठमाडौँ ।
भारतको सिक्किममा गएको हिउँ पहिरोमा परेर ३ नेपाली र ४ भारतीय नागरिकको मृत्यु भएको छ । उक्त घटनामा ३ नेपालीसहित १३ जना घाइते भएका छन्।
चितवनका शिवप्रसाद लामिछाने र २२ वर्षकी आशिका ढकाल तथा रूपन्देहीकी २९ वर्षीया मुना शाह श्रेष्ठको मृत्यु भएको गान्तोकका डिस्ट्रिक कलेक्टर तुसार निखारेले विज्ञप्ति निकालेर जनाएका छन् ।
साथै नेपालका ४३ वर्षका रमेश खनाल, ३८ वर्षकी ज्योति गुरूङ, ४० वर्षकी गीता सापकोटा घाइते भएका छन्। उनीहरू घुम्न त्यहाँ पुगेका थिए। मंगलबार मध्याह्न गान्तोक(नाथुला जेएनएम सडकमा हिउँ पहिरो गएको थियो।

प्रतिक्रिया