काठमाडौँ ।
नेपाल राष्ट्र बैँकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
आज अस्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ८१ पैसा र बिक्रीदर ८९ रुपैयाँ २२ पैसा रहेको छ । मंगलबारको तुलनामा अष्ट्रेलियन डलर ४३ पैसाले बढेको राष्ट्र बैँकले जनाएको छ ।
यस्तै अमेरिकी डलरको खरिद दर १३१ रूपैयाँ ४४ पैसा र बिक्री दर १३२ रूपैयाँ ०४ पैसा रहेको छ। युरो एकको खरिद दर १४३ रूपैयाँ ५३ पैसा र बिक्री दर १४४ रूपैयाँ १९ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १६४ रूपैयाँ ३१ पैसा र बिक्री दर १६५ रूपैयाँ ०६ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ९६ पैसा र बिक्री दर ३६ रूपैयाँ १२ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ ।
प्रतिक्रिया