काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संसद्बाट दोस्रोपटक विश्वासको मत माग्ने तयारीमा रहेका छन् । प्रधानमन्त्री प्रचण्डले चैत ६ वा ७ गते विश्वासको मत लिने तयारी भइरहेको प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले जानकारी दिए । उनले भने, ‘राष्ट्रपतिको निर्वाचनपछि राजनीतिक परिस्थिति फेरिएको छ । सरकार बनाउँदा बनेको गठबन्धन भत्किएर पुनः चुनावी गठबन्धनमा रहेका र…