काठमाडौँ ।
नेपाल राष्ट्र बैँकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
आज अस्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ १८ पैसा र बिक्रीदर ८७ रुपैयाँ ५८ पैसा रहेको छ । यस्तै अमेरिकी डलर १ को खरिदर १३० रुपैयाँ ७२ पैसा छ भने बिक्री दर १३१ रुपैयाँ ३२ पैसा निर्धारण भएको छ ।
युरोपियन युरो १ को खरिद दर १४२ रुपैयाँ ४७ पैसा छ भने बिक्री दर १४३ रुपैयाँ १३ पैसा छ । युके पाउन्ड स्टर्लिङ १ को खरिद दर १६२ रुपैयाँ २९ पैसा छ भने बिक्री दर १६३ रुपैयाँ ०३ पैसा छ ।
जापानी येन १० को खरिद दर ९ रुपैयाँ ८९ पैसा छ भने बिक्री दर ९ रुपैयाँ ९४ पैसा छ । यस्तै, चिनियाँ युआन १ को खरिद दर १९ रुपैयाँ ०३ पैसा छ भने बिक्री दर १९ रुपैयाँ ११ पैसा छ ।
प्रतिक्रिया