कामठाडौँ ।
समिट अपार्टमेन्ट निर्माणको क्रममा शुक्रबार राति ललितपुरको कुपण्डोल हाइटमा घर भासिएका पीडित, ललितपुर महानगर, ग्रिनविच होटेल र समिट अपार्टमेन्टबीच आइतबार १२ बुँदे सहमति भएको छ।
बन्दै गरेको समिट अपार्टमेन्टसहितको १७ तले नयाँ होटलका कारण वरपरका घरमा क्षति पुगेको छ । अपार्टमेन्टका व्यस्थापक निर्माण चौधरीसहित चार जनाले प्रभावितलाई तत्काल बसोवासको व्यवस्थापन गर्न र ग्रिनविच होटेलसमेत भासिएकोले त्यहाँ काम गर्नेलाई खानबस्नको व्यवस्था गर्न सहमति भएको छ ।
यस्तै, रोडको आकस्मिक सहजीकरण कोष खडा गर्ने, घर चर्केका तथा भत्केकाहरूको मर्मत, निर्माण अपार्टमेन्ट व्यवस्थापन गर्ने र तत्काल अपार्टमेन्टले बाँकी निर्माणको काम नगर्ने सहमति भएको हो।
अपार्टमेन्ट वरपरका घर भासिएपछि स्थानीयको भागाभाग भएको थियो। निर्माणाधीन अपार्टमेन्ट वरपरका घरहरू एक तला जति भासिएका छन्।



प्रतिक्रिया