केही दिनभित्रै समाजवादी मोर्चा गठन गरिनेछ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्र र जनताको आवश्यकताअनुसार कम्युनिस्ट आन्दोलनलाई एकतावद्ध गर्नुपर्ने बताएका छन्। नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसरमा काठमाडौंमा नेकपा ९एकीकृत समाजवादी०द्वारा आइतबार आयोजित ‘नेपाली कम्युनिस्ट आन्दोलनः उपलब्धि, चुनौती र संभावना’ विषयक विचार गोष्ठी कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सो बताएका हुन्। ‘सही विचार र नीतिका…