आज काममा सुरक्षा र स्वास्थ्यको लागि विश्व दिवस, हाँस्न कति जरुरी छ ?

आज काममा सुरक्षा र स्वास्थ्यको लागि विश्व दिवस, हाँस्न कति जरुरी छ ?


काठमाडाैँ ।

आजको एक दिन विश्वभरिका मानिसहरु तथा विभिन्न क्षेत्रमा रहेका कामदारको स्वास्थ्य सुरक्षाका लागि विशेष मानिन्छ । त्यसैले आज काममा सुरक्षा र स्वास्थ्यको लागि विश्व दिवस संसारभर मनाइँदै छ ।

नेपालमा पनि स्वास्थ्य क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्थाले विविध कार्यक्रम गरेर काममा सुरक्षा र स्वास्थ्यको प्रत्याभूतिको लागि यो दिवस मनाउँदै छन् । यस्तै आज विश्व हाँसो दिवस पनि हो । यो दिनले मानव जीवनमा हाँसोको आवश्यकता, महत्व र फाइदालाई इङ्गित गर्छ ।

त्यस्तै मानव विकास,सकारात्मकता एवं विश्वभरि मित्रतालाई प्रगाढ बनाउने र स्वास्थ्यको लागि चेतना फैलाउने उद्देश्यले विश्वहाँसो दिवस मनाउने गरेको पाइन्छ । यसै पनिमानिसको स्वास्थ्यको लागिहाँसो औषधी सरह मानिन्छ । हाँसोले शारीरिक र मानसिकतनाव हटाउन मद्धत गर्नुका साथै व्यक्तिको रोगप्रतिरोधात्मकक्षमता बढाउन पनि सहयोग पुर्याउन योग विज्ञान र मेडिकल साइन्सले विश्वास गर्छ ।

हाँस्नाले तनाव हार्मोनलाई घटाउँछ । व्यक्ति तनावमुक्त रहनका लागि पनि हाँस्न जरुरी छ । त्यसैले प्रतिदिन १० देखि १५ मिनेटसम्म हाँस्नु व्यक्तिको शारीरिक र मानसिक स्वास्थ्यको विकासका दृष्टिले आवस्यक र फाइदाजनक रहेको योग गुरुहरुको भनाई छ ।