नवनिर्वाचित सांसदद्वय रवि लामिछाने र स्वर्णिम वाग्लेले लिए शपथ

नवनिर्वाचित सांसदद्वय रवि लामिछाने र स्वर्णिम वाग्लेले लिए शपथ


काठमाडौँ ।

उपनिर्वाचनमार्फत् प्रतिनिधिसभा सदस्यमा निर्वाचित दुई जनाले शुुक्ररबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।

सिंहदरबारस्थित संघीय संसद सचिवालयमा शुक्ररबार आयोजित समारोहमा सभामुख देवराज घिमिरेले रवि लामिछाने र स्वर्णिम वाग्लेलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन् ।

१० वैशाखमा भएको उपनिर्वाचनमा चितवन-२ बाट लामिछाने र तनहुँ-१ बाट वाग्ले निर्वाचित भएका थिए।