काठमाडौँ । सरकारले गृह मन्त्रालयको सचिवमा दिनेश भट्टराईलाई सरुवा गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव दिनेश भट्टराईलाई नयाँ गृहसचिवको रुपमा सरुवा गरेको हो । सरकारले हाल गृहसचिव रहेका विनोदप्रकाश सिंहलाई भने प्रधानमन्त्री कार्यालयमा तानिएको छ । करिब ७ महिना गृहमा बसेका सिंह प्रधानमन्त्री कार्यालय गएपछि भट्टराईको गृहमा सरुवा भएको…