मेलबर्न अष्ट्रेलिया । अष्ट्रेलियामा कार्यरत नेपालीमूलका पत्रकारहरुको साझा संस्था अष्ट्रेलियन नेप्लीज जर्नलिष्ट एशोसिएसन एन्जाले मे ५ तारिख (शुक्रबार) सिड्नीमा विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर समूदायसँग अन्तरक्रिया गर्ने भएको छ । अष्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशराज पोखरेल प्रमुख अतिथि रहेको कार्यक्रममा न्यूसाउथवेल्स राज्यमा रही क्रियाशील समूदायका अग्रजहरु सबैलाई आमन्त्रण गरिएको संस्थाका महासचिव नारायण खड्काले जानकारी…