राप्रपाका सांसदको अवरोधपछि प्रतिनिधि सभा बैठक १५ मिनेट लागि अवरुद्ध

राप्रपाका सांसदको अवरोधपछि प्रतिनिधि सभा बैठक १५ मिनेट लागि अवरुद्ध


काठमाडौं ।

प्रतिनिधि सभा बैठक पन्ध्र मिनेटको लागि स्थगित भएको छ । बुधबारको प्रतिनिधि सभा बैठक सुरु भए लगत्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरुले संसदमा आकस्मिक समयको माग गर्दै बोल्न पाउनु पर्ने धारणा राखेका थिए ।

राप्रपाका सांसदहरुले उठेर आकस्मिक समय माग गरे पनि सभामुख देवराज घिमिरेले बजेटमाथिको पूर्व छलफल सक्नुपर्ने भएकाले आकस्मिक समय नराखिएको जवाफ दिएका थिए ।

तर राप्रपाका सांसदहरुले रोष्ट्रम नै घेरेर विरोध गरेपछि सभामुख घिमिरले १५ मिनेटका लागि वैठक स्थगित भएको घोषणा गरेका थिए । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन सहितका सांसदले आकस्मिक समयको माग गर्दै बैठक अवरुद्ध गरेका हुन् ।