एसीसी प्रिमियर कप : कतारविरुद्ध नेपाल ब्याटिङ गर्दै

काठमाडाैँ । एसियाली क्रिकेट काउन्सिल एसीसी प्रिमियर कप समूह चरणको अन्तिम खेलमा नेपालले कतार विरुद्ध ब्याटिङ गर्ने निम्तो पाएको छ । कतारले टस जितेर फिल्डिङ गर्ने निर्णय लिएपछि नेपालले ब्याटिङ गर्ने भएको हो । दुई टिमबीच कीर्तिपुरस्थित क्रिकेट रंगशालामा केही बेरमै खेल सुरु हुँदैछ । खेलका लागि नेपालले गुलशन झालाई प्लेइङ ११ राखेको छ भने,…