नक्कली भुटानी शरणार्थी प्रकरण : पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ

नक्कली भुटानी शरणार्थी प्रकरण : पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ


काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेको छन् । उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएका प्रहरी टोलीले उनको निवासबाटै नियन्त्रणमा लिएको हो ।

नेपाल प्रहरीका केन्द्रीय सहप्रवक्ता एसएसपी दिपेन्द्र जिसीले पूर्व गृहमन्त्री खाण पक्राउ परेको जानकारी दिए । उनले भने,‘बालकृष्ण खाण पक्राउ परेका छन् । उनलाई काठमाडौंबाटै पक्राउ गरिएको हो । थप अनुसन्धान गर्नु पर्ने भएको हुँदा उनलाई पक्राउ गरिएको हो ।’

नेपाली नक्कली भुटानी शरणार्थी बनाउने धन्दामा प्रहरीेले यसअघि आठ अभियुक्त पक्राउ गरिसकेको छ । उनीहरुको बयानका आधारमा मन्त्री खाणलाई प्रहरीले पक्राउ गरेको हो । रकम लेनदेनमा पनि मन्त्री खाणको संलग्नता देखिने ठोस प्रमाण प्रहरीले फेला परेको छ ।