प्रहरीलाई एकैछिन भन्दै कोठामा पसेका खाँणले जब ढोकाको चुकुल लगाए

प्रहरीलाई एकैछिन भन्दै कोठामा पसेका खाँणले जब ढोकाको चुकुल लगाए


काठमाडौँ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसका नेता तथा पुर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ परेका छन् । बुधबार बिहान आफ्‍नै निवासबाट खाण पक्राउ परेका हुन् ।

पक्राउ गर्न प्रहरी घरमा प्रवेश गर्दा खाण श्रीमती मञ्‍जुसँग भिडियो कलमा कुराकानी गर्दै रहेको एक प्रहरी अधिकृतले बताए । उनका अनुसार एकछिन है भन्दै खाण कोठाभित्र पसेर ढोकामा चुकुल लगाएका थिए ।

दुई तीन मिनेट पख्‍नुस् है फोन गर्छु भन्‍नुभयो, ती प्रहरी अधिकृतले भने ‘उहाँले ढोका खोल्दै खोल्नु भएन । ढोका फुटाएर उहाँलाई निकाल्यौँ ।’ उनीमाथि सोधपुछ गरेर आजै जिल्ला अदालतमा म्याद थपका लागि लगिने तयारी रहेको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरूले खाणपत्नी मञ्जुलाई ६ करोड रुपैयाँ बुझाएको अडियो सार्वजनिक भएको थियो ।