मन्त्री सुदन किरातीलाई पितृशोक

कामठाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई पितृशोक परेको छ। किरातीका बुबा हर्कबहादुर राईको ७६ वर्षको उमेरमा बुधबार बिहान ४ बजे निधन भएको हो। वीर अस्पतालमा उपचारको क्रममा उनको निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ। राई लामो समयदेखि प्यारालाइसिसका कारण बिरामी थिए। मन्त्री किरातीकी आमाको पनि केही वर्ष पहिलो निधन भइसकेको छ।…