काठमाडौँ । संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको अन्तिम संस्कार गर्नका लागि उनका कान्छा छोरा सुहाङ नेम्वाङ अष्ट्रेलियाबाट नेपाल पुगेका छन्। उनी कामको सिलसिलामा १५ दिन अगाडिमात्रै अष्ट्रेलिया गएका थिए। एक महिनाका लागि अष्ट्रेलिया पुगेका उनी काम अधुरै छाडेर फर्किएका हुन्। उनी गएराति ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका थिए। सुहाङ पेशाले कानून…