काठमाडौँ । नेपाल र म्यानमार बीच फुटबल प्रतिस्पर्धा हुँदैछ। विश्वकप २०२६ पहिलो चरणको छनोटको तयारीमा यांगुनमा रहेको नेपाली राष्ट्रिय फुटबल टिमले दोस्रो मैत्रीपूर्ण खेलमा सोमबार घरेलु टिम म्यानमारविरुद्ध प्रतिस्पर्धा गर्न लागेको हो। सो प्रतिस्पर्धा थुवुना रंगशाला, याङगुनमा हुँदैछ। सो खेल नेपाली समय अनुसार ४ः१५ बजेबाट सुरु हुनेछ। गत शुक्रबार भएको पहिलो खेल गोलरहित अवस्थामा टुंगिएको…