काठमाडौं ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले, सरकारले गुन्डाराजलाई प्रोत्साहन गरिरहेको आरोप लगाएका छन्। शनिबार पार्टी कार्यालय च्यासलमा एमाले जनसंगठन समन्वय संयन्त्रद्वारा आयोजित विशेष भेलालाई सम्बोधन गर्दै ओलीले सरकार विकास निर्माण र जनचासोका विषयलाई सम्बोधन गर्ने भन्दापनि गुन्डाराजलाई प्रोत्साहन गर्न लागि परेको आरोप लगाएका हुन्।
‘यस सरकारलाई विकासतर्फ रुचि छैन्। गुन्डाहरुलाई प्रोत्साहन गर्छ। अपराधीहरुलाई छुट्कारा गर्छ । जिल्ला अदालतले जन्मकैद गर्छ । तर सरकार भन्छ थुन्नै हुन्न। ज्यान मारिएको मुद्दा दिन जाँदा सरकार लिँदैन।’ उनले भने ‘सरकार आफै पनि लज्जित भएर, प्रहरीको गतिबिधि देखेर लज्जित हुनुपर्ने देखेर प्रहरी अधिकृत सार्नुपर्ने अवस्था आउँछ। प्रहरी कार्यालय र सरकारी कार्यलयबाट मुद्दा बिगारेर अदालत लगिन्छ। अराजकता मच्चाउन पाउने, न्याय माग्न नपाउने।’
अर्को प्रसंगमा उनले, सरकारले जाजरकोट भूकम्पपीडितको उद्दारमा भन्दा आफ्नो पार्टीको प्रचारमा ध्यान दिएको आरोपसमेत लगाए ।
‘जाजरकोटमा भूकम्प गयो माओवादीहरु सरकारी हेलिकप्टरमा गए। प्रधानमन्त्री गएका होलान भन्ने सोचेको थिँए जाजरकोट तर माओवादी अध्यक्ष गएका रहेछन् । माओवादीका मन्त्री। माओवादीको सांसद र माओवादीका नेता खाँदेर हेलिकप्टेरमा गए। अर्को दिन गृह मन्त्री गए। गृह मन्त्री गए भनेको उ पनि माओवादीको उपाध्यक्ष गए। राष्ट्रपति गए त्यो पनि त्यस्तै।’ उनले भने ‘किन गए ? राष्ट्रपति किन गएको ? त्यो भन्दा अगाडि आईसकेको नेताहरुको भिडले नेताको चाकडीमा सेना प्रहरी खट्नुपर्दा उद्दार कार्य गर्न पाईएन भनेर। अनि माओवादी गए भनेर त्यहाँ कांग्रेस किन जानुप¥यो ? राष्ट्रपति ज्यु ? उहाँ राष्ट्रपति भएर होईन कांग्रेस छुट्यो भनेर जानुभयो।’
त्यस्तै उनले सरकार संविधान सिध्याउने खेलमा लागेको आरोपसमेत लगाए । एकवर्ष पुग्नुभन्दा पहिले नै उहाँले आफ्ना क्रियाकलापहरु देखाईसक्नु भयो । अलोकतान्त्रिक पक्षपातपूर्ण ।’ उनले भने ‘उहाँलाई संविधानको मतलब छैन । सुरुदेखि नै संविधान अनुसार सरकारदेखि राष्ट्रपति प्रधानमन्त्री र राज्यका निकायहरु चल्नुपर्ने तर संविधान सिध्याउने तिर मात्रै उहाँहरुको ध्यान गएको छ।’

प्रतिक्रिया