काठमाडौं । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले अन्तिम समयमा गोल खाँदा बराबरीमा चित्त बुझाएको छ। शनिबार राति भएको खेलमा सिटीले क्रिष्टल प्यालेससँग २–२ गोलको बराबरी खेल्दै अंक बाँडेको हो। सिटीले २ गोलको अग्रता जोगाउन असफल भयो। २४ औं मिनेटमा ज्याक ग्रिलिसले गोल गर्दै अग्रता दिलाएका थिए। उनले फिल फोडेनको पासमा गोल गरेका हुन्। ५४ औं…