पाल्पा ।
पाल्पामा जीप दुर्घटना हुँदा आठ जनाको घटनास्थलमा नै मृत्यु भएको छ।
जिल्लाको तिनाउँ गाउँपालिका–६ स्थित मस्याममा जीप दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिए। मृतकको पहिचान हुन सकेको छैन भने घाइते भएका १८ जनालाई लुम्बिनी मेडिकल कलेज पाल्पा पठाइएको छ।
डुम्रेबाट कुसुमखोलातर्फ गइरहेको जीप आज साँझ दुर्घटना भएको हो।

प्रतिक्रिया