काठमाडौं । राष्ट्रवादी धारमा निर्माण गरिएको फिल्म ‘काँडेतार’को मंगलबार बेलुकी विश्वज्योती हलमा प्रिमियर गरिएको छ। शुक्रबारदेखि रिलिजमा आउन लागेको फिल्मको प्रिमियरमा एकीकृत समाजवादीका नेता झलनाथ खनाल पुगेका थिए। यस्तै, फिल्म हेर्न विभिन्न दलका नेतादेखि फिल्मीकर्मीहरु हलमा पुगेका थिए। नवल खड्काको निर्देशनमा तयार भएको यो फिल्मले नेपाल र भारतको सम्बन्धको कथा भन्छ। साथै, नेपालको सीमा स्तम्भमाथि…