प्रमुख प्रतिपक्षी कांग्रेसले भन्यो : ‘सरकारको भनाइ एकातिर छ, गराइ अर्कोतिर’

प्रमुख प्रतिपक्षी कांग्रेसले भन्यो : ‘सरकारको भनाइ एकातिर छ, गराइ अर्कोतिर’


काठमाडौँ ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र विपक्षी राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरूले नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८१–८२ को वार्षिक नीति तथा कार्यक्रमको आलोचना गरेका छन्।

राष्ट्रपति रामचन्द्र पौडेलबाट आज सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत उक्त कार्यक्रमबारे सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै सो पार्टीका नेता एवं पूर्वअर्थमन्त्री डा प्रकाशशरण महतले सरकारको भनाइ र गराइमा आकाश जमिनको फरक रहेको टिप्पणी गरेको। “सरकारको भनाइ एकातिर छ, गराइ ठीक उल्टो छ। त्यसैले यो नीति तथा कार्यक्रम कार्यान्वयन हुन्छ भन्नेमा रतिभर विश्वास छैन।”

सोही पार्टीका नेता एवं पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकलाई आशा जगाउने कुनै पनि विषयवस्तु नआएको जनाए। “यो परम्परागत छ। यसमा नयाँ उत्साह छैन। महत्वपूर्ण कुरा छुटेका छन्। विश्वव्यापी आर्थिक सङ्कटबाट परेको मारबाट मुलुकलाई माथि उठाउने ठोस नीति छैन। जनचासोका रुपमा रहेको सहकारी ठगीका कुरा पनि आएन”, नेता कार्कीले भने।