तास्मानिया अष्ट्रेलिया । नेपाली सोसाइटी अफ तास्मानिया (नेस्ट) आज समुदयसँग अन्तर्क्रिया गरेको छ। आज मुनास्थित एमकटहलमा आयोजना गरेको उक्त अन्तर्क्रिया कार्यक्रमा तास्मानियामा रहेका नेपाली समुदायका अगुवा, व्यवसायीलगायतको उपस्थिति रहेको थियो। संस्थाका अध्यक्ष संसाराज चिमोरियाको अध्यक्षतामा भएको कार्यक्रममा गैर आवासीय नेपाली संघ (तास्मानियाका) सचिव अर्जुन श्रेष्ठ, टिएनसीएका अध्यक्ष कमल भण्डारी, नेस्टका पूर्व अध्यक्ष गोपाल न्यौपाने, अनिव…