मेलबर्न, अष्ट्रेलिया ।
गैर आवासीय नेपाली संघ (एनआरएनए) भिक्टोरियाले चौँथो फुटसल प्रतियोगिताको आयोजना गर्ने भएको छ। ग्रेस इन्टरनेशनल एजुकेशन एण्ड माइग्रेसनले मुख्य प्रयोजन गरेको उक्त फुटसल टुर्नामेन्ट जुन १५ तारिख फुटसल ओजेट थामस्टोन ग्राउण्डमा हुन लागेको एनआरएनए भिक्टोरियाका युवा उपसंयोजक गौरव सुनारले जानकारी दिए।
बुधबार मेलबर्नमा आयोजक एनआरएनए भिक्टोरियाले प्रतियोगिताको ट्रर्फी सार्वजनिक गर्दै सहभागी टिम तथा खेलको नियमका बारेमा सचिव ससेन्द्र के.सीले जानकारी गराएका थिए। प्रतियोगिता ओपन र भेट्रान गरी दुई समूहमा खेलाइने उनले बताए। ओपन तर्फ १८ र भेट्रान तर्फ ६ टिम दर्ता भएको उनको भनाई छ।
उनले प्रतियोगिताको विजेता र उपविजेताले ट्रफी र नगद पुरस्कार जित्ने बताएका छन्। उत्कृष्ट खेलाडीहरुलाई पनि मेडलको व्यवस्था गरिएको छ। फुटसल टुर्नामेन्ट २०२४ का कोर्डिनेटर समेत रहेका सुनारले संचालन गरेको पत्रकार सम्मेलनमा उपसंयोजक महादेव धानुकले स्वागत मन्तव्य राखेका थिए। एनआरएनए अष्ट्रेलियाका उपाध्यक्ष तथा भिक्टोरियाका संयोजक मनिरत्न सापकोटाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा मुख्य प्रयोजक ग्रेस इन्टरनेशनल एजुकेशन एण्ड माइग्रेसनका तर्फबाट दिपक आचार्यले धारणा राखेका थिए।
पत्रकार सम्मेलनमा नितिक श्रेष्ठ, पवन थपलिया, विजय डोटेल, रोशन सत्याल र बुद्धि प्रधानलगायत विभिन्न नेपाली समुदायका अगुवाहरूको उपस्थिति रहेको थियो।
प्रतिक्रिया