कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहिया जमानतमा छुटे

काठमाडौं । नागरिकता किर्ते कसुरमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया हाजिरी जमानतमा छुटेका छन्। अनुसन्धानका लागि आवश्यक परेका बेलामा उपस्थित हुनुपर्ने सर्तमा सिरोहियालाई प्रहरीले बुधबार अपरान्ह छाडेको हो। सिरोहियालाई उनकै छोरा सम्भव सिरोहियाको जमानतमा छोडिएको प्रहरीले जनाएको छ। सिरोहिया नागरिकताबारे अनुसन्धान गर्न प्रहरीले तीन पटक म्याद थप गरि नौ दिन थुनामा राखेको…