काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप २००३ मा केन्याका लागि महत्वपूर्ण भूमिका खेलेका अलराउन्डर कोलिन्स ओबुयाले सक्रिय खेल जीवनबाट सन्यास लिएका छन्। उनले आफ्नो २३ वर्षको क्रिकेट करिअरलाई पूर्णविराम दिएको घोषणा गरेका हुन्। सन् २००१ मा वेस्ट इन्डिजविरुद्ध अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका ओबुयाले अफ्रिकी खेलकुदको तेस्रो स्थानको प्लेअफमा युगान्डासँग १०६ रनले पराजित भएपछि सन्यास लिएका…