विमान दुर्घटना : मृतक पाँच जनाको शव आफन्तको जिम्मा

विमान दुर्घटना : मृतक पाँच जनाको शव आफन्तको जिम्मा


काठमाडौँ ।

त्रिवि शिक्षण अस्पतालले सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा मृत्यु भएकाहरूको शव आफन्तहरूलाई जिम्मा लगाएको छ ।

शुक्रबार अस्पतालले, आफन्तहरूको असन्तुष्टिकै बीच शव जिम्मा लगाएको हो । अहिलेसम्म को–पाइलट सुशान्त कटुवाल, इन्जिनियर उद्धव पुरी, अश्विन निरौलाको शव आफन्तले बुझेको अस्पतालले जनाएको छ ।

बाँकी केही आफन्तले भने बीमा रकम सुनिश्चिततालगायतको माग गर्दै शव बुझ्न अस्वीकार गरेका छन् । सबैको पोस्टमार्टम आज अपरान्ह सकिएको हो ।