मेलबर्न, अष्ट्रेलिया । गैरआवासीय नेपाली संघ अष्ट्रेलियाले नेपालमा हालै गएको बाढी पहिरोबाट पीडित बनेकाहरुको राहत, उद्धार र पुनस्र्थापनामा सहयोग गर्ने उद्देश्यले सहयोग संकलन सुरु गरेको छ । अष्ट्रेलियामा बस्ने नेपालीसहित बृहद अष्ट्रेलियन समूदायलाई उसले सहयोगका लागि आह्वान गरेको हो । एनआरएन अष्ट्रेलियाका प्रवक्ता बबिन मिश्रले एक विज्ञप्ति जारी गर्दै नेपालमा हालै आएको अविरल वर्षापछिको बाढी र पहिरोबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरिएको छ । साथै यसमा ज्यान गुमाएकाहरुको आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारमा पनि समवेदना व्यक्त गरिएको छ ।
केविसीखबरसँग कुरा गर्दै प्रवक्ता मिश्रले विगतमा पनि एनआरएन अष्ट्रेलियाले देशलाई विपद परेको बेलामा सहयोग गरेको स्मरण गर्दै सहयोग जुटाउने अभियान थालेको बताएका हुन् ।
प्रवक्ता मिश्रका अनुसार एनआरएन अष्ट्रेलियाको तल दिइएको खातामा नेपालको बाढी पीडितहरुलाई सहयोग गर्न सकिन्छ । साथै, एनआरएन अष्ट्रेलियाले सञ्चालन गरेको Go Fund Me मार्फत पनि आफु र आफ्नो नजिकका साथीभाईलाई नेपालमा सहयोग गर्न आह्वान गरिदिन मिश्रले आह्वान गरेका छन् ।
To help Nepal Flood victims please click the poster –
प्रतिक्रिया