काठमाडौं ।
नेपाली कांग्रेसको मधेश प्रदेश प्रथम सम्मेलन जनकपुरधाममा सुरु भएको छ । बहीबार दिउँसो जनकपुरधामको तिरहुतिया गाछीमा कांग्रेस सभापति शेरबहादुर देउवासहितका शीर्ष नेताले सम्मेलनको उद्घाटन गरेका छन्।
कार्यक्रममा केन्द्रमा कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, धनराज गुरुङ,गगन थापा, कांग्रस प्रवक्ता प्रकाशशरण महत लगायतका शीर्ष नेताहरु पुगेका छन्। प्रदेश र जिल्ला स्तरीय नेता कार्यकर्ताको बाक्लो उपस्थिति रहेको छ।
प्रदेश सभापति कृष्ण प्रसाद यादवका अनुसार आजको सत्र समाप्त भएपछि भोलि बन्द सत्र हुनेछ ।भोलि हुने बन्द सत्रमा ८२५ जना प्रदेश प्रतिनिधिले भाग लिने सभापति यादवले जानकारी दिए।
उद्घाटन सत्रमा मधेश प्रदेशको आठवटै जिल्लाबाटसयौं नेताकार्यकर्ताको उपस्थिति जनाएका छन्।
प्रतिक्रिया