रबि लामिछानेले मागे पर्यटन मन्त्री सुदन किराँतीको राजीनामा

रबि लामिछानेले मागे पर्यटन मन्त्री सुदन किराँतीको राजीनामा


काठमाडौँ ।

संस्कृति तथा पर्यटन मन्त्री सुदन किराँतीको अभिब्यक्तिलाई लिएर अहिले चौतर्फी बिरोध भइरहेको छ। ‘कृष्चियन नमान्ने संबिधान बिरोधी हुन्’ भन्ने संस्कृति मन्त्री किराँतीको अभिब्यक्तिलाइ लिएर अहिले चौतर्फी बिरोध भइरहेको हो।

यसैबिचमा, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेले पनि मन्त्री किराँतीले त्यो अभिब्यक्ति फिर्ता लिनु पर्ने तथा तत्काल पदवाट राजीनामा दिनु पर्ने बताएका छन्।

‘संस्कृति मन्त्री सुदन किराँतीको पछिल्लो अभिव्यक्ति,सामाजिक सद्भाव र सहिष्णुता खलबलाउने प्रकृतिको, उत्तेजक, गैरजिम्मेवार, पदीय गरिमा बिपरीतको र अत्यन्तै खेदजनक छ,’ उनले भनेका छन, ‘यस्तो गैर जिम्मेवार अभिव्यक्ति दिने र साम्प्रदायिक विद्वेष फैलाउने ब्यक्ति संस्कृति मन्त्रीजस्तो जिम्मेवार पदमा कसरी बस्न मिल्छ ? प्रधानमन्त्रीज्यु, गम्भीर ध्यानाकर्षण होस्।’