सम्पादकहरुले प्रधानमन्त्रीलाई पठाए संयुक्त पत्र

काठमाडौं । कान्तिपुर मिडिया प्रालिका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ परेको विषयलाई लिएर विभिन्न संचारमाध्यमका सम्पादकहरुले प्रधानमन्त्री पुष्पकमल दाहाललाई संयुक्त पत्र पठाएका छन्। सञ्चार गृहभित्र प्रहरी प्रवेशगरी सिरोहियालाई पक्राउ गरिएको घटनाले प्रेसमाथि दबाब र त्रास सिर्जना गरेको सम्पादकहरुले पठाएको पत्रमा उल्लेख छ। नेपाली सञ्चार जगतमा लामो समयदेखि काम गरिरहेका सम्पादकहरू प्रेस स्वतन्त्रता, कानुनको शासन र आफ्नो…