सम्पादकहरुले प्रधानमन्त्रीलाई पठाए संयुक्त पत्र

सम्पादकहरुले प्रधानमन्त्रीलाई पठाए संयुक्त पत्र


काठमाडौं ।

कान्तिपुर मिडिया प्रालिका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ परेको विषयलाई लिएर विभिन्न संचारमाध्यमका सम्पादकहरुले प्रधानमन्त्री पुष्पकमल दाहाललाई संयुक्त पत्र पठाएका छन्।

सञ्चार गृहभित्र प्रहरी प्रवेशगरी सिरोहियालाई पक्राउ गरिएको घटनाले प्रेसमाथि दबाब र त्रास सिर्जना गरेको सम्पादकहरुले पठाएको पत्रमा उल्लेख छ।

नेपाली सञ्चार जगतमा लामो समयदेखि काम गरिरहेका सम्पादकहरू प्रेस स्वतन्त्रता, कानुनको शासन र आफ्नो जिम्मेवारीप्रति सचेत रहेको जानकारी गराउँदै उनीहरुले आफ्नो जिम्मेवारी पुरा गर्न कुनै समझदारी नगर्ने समेत उल्लेख गरेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं उपप्रधानमन्त्री रवि लामिछानेले सत्ता दुरूपयोग गरेर आफूमाथि अभियोजन हुने र मुद्दा लाग्ने कुरालाई रोक्न खोजेको भन्दै निष्पक्ष छानबिन गर्ने दायित्व प्रधानमन्त्रीको रहेको बताएका छन्।