काठमाडौँ । गृहमन्त्री रवि लामिछानेले उपप्रधानमन्त्री धेरै भएर राज्यलाई भार नपरेको बताएका छन् । शनिबार प्रतिनिधिसभा बैठकपछि बाहिरिने क्रममा सञ्चारकर्मीले चार–चार जना उपप्रधानमन्त्री किन आवश्यक पर्यो भन्ने प्रश्नमा उनले उपप्रधानमन्त्रीले राज्यलाई खास भार नपारेको र यदि पारेको भए हटाइदिँदा आफूलाई आपत्ति नहुने जवाफ दिएका हुन्। सञ्चारकर्मीले विज्ञप्ति नै निकाल्नुपर्ने आवश्यकता किन पर्यो भनेर राखेको अर्काे…