पुराना फरारहरु समातिन्छन्, नयाँहरु फरार हुन पाउँदैनन् : गृहमन्त्री लामिछाने

पुराना फरारहरु समातिन्छन्, नयाँहरु फरार हुन पाउँदैनन् : गृहमन्त्री लामिछाने


काठमाडौँ ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले फरार भएका पुराना आरोपीहरू समातिने बताएका छन् । उनले अपराधिक मुद्धामा फरार रहेका पुराना अपराधीलाई मात्र नभइ नयाँ अपराधीहरु फरार हुन नपाउने बताएका हुन्।

शनिबार बिहान सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले आफूले भोट माग्दा गरेको बाचाहरुको हेक्का रहेको समेत बताएका छन् ।

गृहमन्त्री लामिछानेले भनेका छन्ः पुराना”फरार”हरु समातिन्छ्न मात्र होइन धेरै नयाँहरु फरार हुन नपाउन् भन्ने कुराको हेक्का छ।हिजो बोलेका शब्द शब्दको हेक्का छ,भोट माग्दा गरेका वाचाहरुको हेक्का छ।मिडियाको हेडलाईन म बदल्न सक्दिन तर जनताको लाइफलाईन बदल्न मेहनत गर्दैछु।धुलो धेरै छ, पुरानो छ।। थोरै पर्खिनु चाहिँ पर्छ!!