कम्युनिष्टहरूको एउटै केन्द्र बनाउने विषयमा छलफल भइरहेको छ : प्रधानमन्त्री दाहाल

काठमाडौँ । प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालका कम्युनिष्टहरूको एउटै केन्द्र बनाउन आवश्यक रहेकाले यसबारे विषयमा छलफल भइरहेको जानकारी दिएका छन् । सिंहदरबारमा शुक्रबार नेकपा (बहुमत) का नेता धमेन्द्र बास्तोलाको नेतृत्वमा आएको टोलीसँग कुराकानी गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘संविधानमा समाजवादोन्मुख नेपालको व्यवस्था सामान्य अर्थमा लेखिएको होइन। नेपाली विशेषताको समाजवादी बाटोका बारेमा अहिले…