काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाँड पक्राउ परेका छन् । नेपाली कांग्रेसका नेतासमेत रहेका खाँडलाई बुधवार बिहान मैजुवहालस्थित निवासबाट प्रहरी पक्राउ गरिएको थियो । प्रहरी उच्च स्रोतका अनुसार पूर्व गृहमन्त्री खाँणलाई प्रहरी परिसर टेकु लगिएको छ । उनीमाथि सोधपुछ गरेर आजै जिल्ला अदालतमा म्याद थपका लागि लगिने तयारी रहेको छ ।