काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेदरल्याण्ड्सले नेपाललाई पहिले ब्याटिङ गर्ने निम्तो दिएको छ। टियू क्रिकेट मैदानमा गरेको टस जितेर नेदरल्याण्ड्सले बलिङ रोजेको छ। नेपाल र नेदरल्याण्ड्सबीचको खेल बिहान साढे ९ बजेबाट सुरु हुनेछ। आजको खेलमा नेपाली टिममा दुई खेलाडीको परिवर्तन गरिएको छ । देव खनाल र सोमपाल कामीको स्थानमा आरिफ शेख र…