साफ यू–१६ महिला च्याम्पियनसिप भोलिदेखि, घरेलु मैदानमा नेपाललाई अवसर

साफ यू–१६ महिला च्याम्पियनसिप भोलिदेखि, घरेलु मैदानमा नेपाललाई अवसर


काठमाडौं ।

दक्षिण एसियाली फुटबल महासंघको क्यालेन्डर अनुसार अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजना हुने साफ यू–१६ महिला च्याम्पियनसिपको तयारी पुरा भएको छ।

फागुन १८ देखि २७ सम्म हुने खेल प्रतियोगिता एन्फा कम्प्लेक्सको मैदान सातदोबाटोमा हुनेछ। प्रतियोगिताको पूर्वसन्ध्यामा बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा नेपाली राष्ट्रिय यु–१६ महिला टोलीका प्रशिक्षक चक्र तामाङले खेलको तयारि स्वरुप खेलाडीहरुले एक महिनादेखि तयारी गरेकोले आफ्नो पक्षमा नतिजा आउने दाबी गरे।

गत वर्ष भएको साफ–१५ को उपाधी नेपाली टोलीले जितेको टोलीकी सदस्य अहिलेको कप्तान रहेको भन्दै तामाङले नेपाली टोली पहिलेको भन्दा बलियो भएको दाबी गरे।

उनले भने, ‘अहिलेको प्लेयर अहिले अलि स्ट्रङ देखेको छुँ, पैलेको प्रतिस्पर्धाहरुभन्दा अहिले प्रशिक्षण गर्ने मौका अलि बेसि नै पायौं। अर्को फाइदा बे भने होम ग्राउण्ड पनि अहिले पाएका छौं। त्यसले गर्दा अहिले अलि सजिलो भएको छ। सातदोबाटोमा अरु भन्दा नेपालले धेरै नै जितेको छ। यसले अलि सजिलो भएको छ । र कन्फिडेन्स लेभल बढेको छ।’

नेपालको निनियर टोलीले विभिनन प्रतियोगिताहरुमा राम्रो प्रदर्शन गरिरहेको भन्दै तामाङले उक्त प्रदर्शनले जुसनयर टोली उत्साहित र खुसि भएको बताए।
शुक्रबार बाट हुने प्रतियोगितामा नेपालसहित भुटान, बंगलादेश र भारत सहभागी हुँदैछन्।

प्रतियोगिताको उद्घाटन खेलमा शुक्रकबारा भारत र भुटानबीच हुनेछ। घरेलु टोली नेपालले पहिलो खेल १९ फागुनमा बंगलादेशसँग खेल्नेछ। प्रतियोगितामा सहभागी ४ टिमले राउण्ड रोबिन लिग खेलेपछि शीर्ष २ टिमले फाइनल खेल्ने छन्।