फिल्म ‘बोक्सीको घर’ को सिड्नी शो आज

फिल्म ‘बोक्सीको घर’ को सिड्नी शो आज


सिड्नी, अष्ट्रेलिया ।

अभिनेत्री केकी अधिकारीको प्रस्तुतिमा निर्मित फिल्म ‘बोक्सीको घर’ अष्ट्रेलियाको सिड्नीमा आज प्रदर्शन हुने भएको छ। आज साँझ ६ः१५ बजेबाट सिड्नीको हयोट्स बैंकस्टाउनमा फिल्म ‘बोक्सीको घर’ को शो हुन लागेको हो।

फिल्म ‘बोक्सीको घर’ को अष्ट्रेलियामा वितरण तथा प्रदर्शनको अधिकार एमएसएम इन्टरटेनमेन्टले लिएको छ। शुक्रबाट नेपाल भर प्रदर्शनमा आएको फिल्म ‘बोक्सीको घर’ अष्ट्रेलियामा पहिलो पटक प्रदर्शनमा आउनु लागेको हो।

फिल्म ‘बोक्सीको घर’लाई क्वीन्सल्याण्ड, तास्मानिया, क्यानबेरा र एडिलेडलगायतका सहरमा प्रदर्शन गरिने एमएसएम इन्टरटेनमेन्टले जनाएको छ।

सत्य घटनाबाट प्रेरित फिल्म मण्डला नाटक घरमा मञ्चन गरिएको सोही शीर्षकको नाटकबाट तयार गरिएको हो। फिल्ममा शीर्ष पात्रमा केकीले अभिनय गरेकी छन्। सुलक्षण भारतीद्वारा निर्देशित फिल्ममा केकीसँगै रमा थपलिया, सुपला सापकोटा, श्वेच्छा राउत, सुष्मा निरौला, सबिन बास्तोला आदिको पनि अभिनय रहेको छ। फिल्ममा निर्देशक बद्री अधिकारी निर्माता र राज घिमिरे कार्यकारी निर्माता रहेका छन् भने लाइन प्रोड्युसर रुपक अधिकारी हुन्।

फिल्म ‘बोक्सीको घर’ को सिड्नी शो हेर्न चाहानु हुनेले यहाँ क्लिक गरेर टिकट खरिद गर्न सक्नुहुनेछ।