बार्सिलोनाको जितमा लेवान्दोस्कीको ह्याट्रिक

बार्सिलोनाको जितमा लेवान्दोस्कीको ह्याट्रिक


वैशाख १८, काठमाडौं । रोबर्ट लेवान्दोस्कीले ह्याट्रिक गर्दा स्पेनिस ला लिगामा बार्सिलोनाले भिल्लारियललाई ४–२ गोल अन्तरले हराएको छ। नोउ क्याम्पमा भएको खेलमा बार्सिलोनाका लागि लेवान्दोस्कीले ह्याट्रिक गर्दा फर्मिन लोपेजले एक गोल गरे।

खेलको २२औं मिनेटमा लोपेजले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए। त्यसको पाँच मिनेटपछि नै भ्यालेन्सिया खेलमा फर्कियो। ह्युगो डुरोले २७औं मिनेटमा गोल गरे। ३८औं मिनेटमा भ्यालेन्सियाले पेनाल्टी पाउँदा पापेलुले गोल गरे र अग्रता दिलाए।

पहिलो हाफको इन्ज्युरी समयमा भ्यालेन्सि गोलकिपर जियोर्जी मामारडासभिली रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि दोस्रो हाफ पुरै दबाबमा पर्याे। जसको फाइदा उठाउँदै लेवान्दोस्कीले तीन गोल गरे। उनले ४९, ८२ र अतिरिक्त समयको तेस्रो मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे।

जीतका बाबजुत बार्सिलोना रियल मड्रिडभन्दा ११ अंकले पछि छ। ३३ खेलबाट रियल मड्रिड ८४ अंकका साथ शीर्ष स्थानमा छ भने बार्सिलोना ७३ अंकका साथ दोस्रो स्थानमा छ।