काठमाडौं ।
आइसिसी टी २० विश्वकप खेलेर नेपाली टोली दुई समूह गरेर स्वदेश फर्किएको छ। एउटा समूह राति १ बजे र अर्को समुह बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो।
विजिनेस क्लासको हवाइ टिकट नमिलेका कारण टोली दुई समूहमा विभाजित भएर नेपाल आइपुगेको हो। अमेरिका र वेस्ट इन्डिजमा जारी टी २० विश्वकपमा नेपाल पहिलो चरणबाटै बाहिरिएको थियो। नेपालले तीन खेलमा हार बेहोरेको थियो भने श्रीलंकासँगको खेल वर्षाका कारण खेल सञ्चालक हुन सकेन।
बंगलादेश र दक्षिण अफ्रिकासँग भएका पछिल्ला दुई खेलमा भने नेपाल जित नजिक पुगेर निराश बनेको थियो। नेपाल इतिहासमा नै दोस्रो पटक टी २० विश्वकपमा सहभागी बनेको थियो।
प्रतिक्रिया