मुम्बई । बलिउड अभिनेत्री सुष्मिता सेनलाई हृदयाघात भएको छ। उनले इन्स्टाग्राम अकाउन्टमार्फत यसबारे बताएकी छिन्। ४७ वर्षकी नायिकाले आफ्नो एन्जियोप्लास्टि गरिएको पनि बताएकी छिन्। आफ्नो बुवासँगको फोटो पोस्ट गर्दै उनले फेसबुक र इन्स्टाग्राममा लेखेकी छिन्, ‘केही दिन अघि मेरो हृदयाघात भयो। एन्जियोप्लास्टी पनि गरियो। यस्तै, मेरो कार्डियोलोजिस्टले मेरो मुटु धेरै ठुलो छ भनेर भन्नुभयो।’ पोष्टमार्फत्…