काठमाडौँ । नेपाली राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेलले महत्वपूर्ण खेलाडी सन्दीप लामिछानेको स्थान अन्य स्पिनरले लिनुपर्ने बताएका छन् । युएईमा हुन लागेको आइसीसी विश्वकप लिग श्रृंखलामा मुख्य लेग स्पिनर सन्दीप लामिछाने नहुने भएपछि टोलीका अन्य स्पिनरले जिम्मेवारी लिनुपर्ने बताएका हुन् । बिहीवार प्रधानमन्त्री पुष्पकमल दाहालसँगको भेटपछि पत्रकारसँग कुरा गर्दै कप्तान रोहितले सन्दीपको स्थान अन्य बलर…