नवाजुद्दिन सिद्दिकीले भेट्न पाएनन् बिरामी आमालाई

नवाजुद्दिन सिद्दिकीले भेट्न पाएनन् बिरामी आमालाई


मुम्बई ।

बलिउड अभिनेता नवाजुद्दिन सिद्दिकीले आफ्नी बिरामी आमा भेट्न नपाएको खबर बाहिरिएको छ । सिद्दिकी आफ्नी आमालाई भेट्न वर्सोवास्थित घरमा पुगेका थिए तर उनका भाइले उनलाई आमासँग भेट्न नदिएका हुन् ।

श्रीमती आलियासँगको विवादले हाल होटलमा बसीरहेका उनको भाइइसँग विवाद झन बढेको भारतीय सञ्चारमाध्यामले जनाएका छन् । नवाजुद्दिन सिद्दिकी आफ्नी आमालाई भेट्न चाहन्थे तर उनका भाइ र उनकी आमाको हेरविचार गरिरहेका व्यक्तिले उनलाई भेट्न दिएनन् । अभिनेता सिद्दिकीकी आमा अस्वस्थ छिन् । उनी कसैलाई भेट्न चाहन्नन् । यसै कारण नवाजलाई आफ्नी आमासँग भेट्न रोक लगाइएको थियो । रिपोर्टका अनुसार नवाजुद्दिन सिद्दिकी देहरादूनबाट शनिवार मात्रै फिर्ता हुने तयारीमा थिए । तर आमा बिरामी भएको खबर पाएपछि उनी छिट्टै फर्किएका थिए । नवाज वर्सोवास्थित आफ्नो घर जाँदा उनका भाइले उनलाई भित्र जानै दिएनन्, त्यसपछि उनी फर्किए ।

नवाजुद्दिन सिद्दिकीका भाइले आफ्नो करियर बनाउन सहयोग गरेको आरोप लगाएका छन् । उनले भने, हाम्रो लागि सम्पत्ति खरिद गर्छन् तर उनको जस्तो छवि छ, उनी त्योभन्दा बिलकुल फरक छन् । उनी मुस्किल खालका छन् । उनले मानिसलाई छोडिदिन्छन् – आलिया र म यो कुराको उदाहरण हौँ ।’