काठमाडौँ । मलेसियासँगको टी–२० क्रिकेट शृंखलाको उपाधि नेपालले जितेको छ। आइतबार भएको पाँचौँ तथा अन्तिम खेलमा नेपालले घरेलु टोली मलेसियालाई ३ विकेटले हराएसँगै उपाधि आफ्नो पक्षमा पार्न सफल भएको हो। नेपालले श्रृंखला ३–२ ले जितेको हो। यसअघि नेपालले सन् २०२१ मा कतारविरुद्धको श्रृंखला जितेको थियो। त्यसपछि पहिलोपटक मलेसियासँगको श्रृंखला जितेको हो। आइतबार मलेसियाले दिएको ११०…