जेठ १६, काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दाको आज पनि अन्तिम टुङ्गो लाग्न सकेको छैन। मंगलबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश शङ्करबहादुर राईको इजलासमा भएको सुनुवाइमा अन्तिम टुङ्गो लाग्न नसकेको अदालतका वैतनिक वकिल शंकर पौडेलले बताए। न्यायाधीश राईको इजलासले पूर्व आदेशअनुसारको कार्य सम्पन्न गर्ने आदेश गरेको छ। पूर्व आदेशअनुसार नै गर्नुभनेकाले थप प्रमाणको प्रक्रिया पूरा…