काठमाडौँ ।
इंग्लिस क्लब म्यानचेस्टर सिटी युइएफए च्याम्पियन्स लिगको उपाधी हासिल गरेको छ। टर्कीको इस्तानबुलमा शनिवार राती भएको खेलमा इन्टर मिलानलाई १–० ले पराजित गर्दै सिटीले च्याम्पियनसिप लिगको उपाधी जीत हासिल गरेको हो।
शनिवार राती एटाटर्क ओलम्पिया स्टेडियममा शनिबार राति भएको फाइनल खेलको पहिलो हाफ बराबरीमा रोकिएको थियो। निकै प्रतिस्पर्धात्मक र रोचक देखिएको उक्त खेलको ६८ औं मिनेटमा रोड्रीले गरेको गोलले सिटीलाई च्याम्पियन सिपको उपाधीका लागि निर्णायक साबित भयो। त्यसपछि दुवै पक्षवाट कुनै गोल गर्न नसक्दा खेल १–० मा टुंगिएर सिटी च्याम्पियन सिपको उपाधी चुम्न सफल भयो।
पहिलोपटक च्याम्पियन्स लिगको उपाधि जित हासिल गरेको सिटीले यसै सिजनको इंग्लिस प्रिमियर लिग र एफए कपको उपाधीमा पनि जीत हासिल गरेको थियो।
सिटीको यो जितसँगै म्यानचेस्टर युनाइटेडेले २४ वर्ष अघि बनाएको ‘ट्रेबल’ जित्ने इतिहास समेत बराबरी गरेको छ। सिटीले प्रिमियर लिग पछि म्यानचेस्टर युनाइटेडलाई हराउँदै एफए कपको उपाधि जितको थियो भने शनिबार च्याम्पियन्स लिग जितेसँगै १९९९ मा म्यानचेस्टर युनाइटेड पछि एकै सिजनमा तीन उपाधि ‘ट्रेबल’ को कीर्तिमान बनाउन सिटी सफल भयो।
च्याम्पियन लिगमा सिटीले यसअघि २०२१ मा अर्को इंग्लिस प्रतिद्वन्दी चेल्सीसँग पराजित हुँदै फाइनल गुमाएको थियो। सिटीले पछिल्ला १२ सिजनमा सातपल्ट लिग उपाधि जिते पनि च्याम्पियन्स लिग भने जित्न सकेको थिएन।
प्रतिक्रिया