रोनाल्डोको गोलमा अल–नासर विजयी

काठमाडौँ । क्रिस्टियानो रोनाल्डोले अन्तिम समयमा गरेको गोलको मद्दतले अल–नासर साउदी प्रो लिगमा रोमाञ्चक जीत हासिल गरेको छ। शुक्रबार भएको खेलमा अल–नासर अल–ताईविरुद्ध २–१ गोलले विजयी बन्यो। खेलको ३२ औँ मिनेटमा एन्डरसन टालिस्काले गोल गर्दै अल–नासरलाई अग्रता दिलाएका थिए। तर, ७९ औँ मिनेटमा भर्जिल भिसिडजानले बराबरी गोल फर्काए। खेल बराबरीतर्फ अघि बढिरहँदा ८७ औँ मिनेटमा…