विश्वकप क्रिकेट : न्यूजील्यान्डको लगातार तेस्रो जीत

काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट प्रतियोगिता, २०२३ अन्तर्गत आज भएको खेलमा न्यूजिल्याण्डले बङ्गलादेशलाई आठ विकेटले पराजित गरेको छ। न्यूजिल्याण्ड लगातार तेस्रो खेलमा विजयी हुँदै अङ्क तालिकाको शीर्ष स्थानमा प्रवेश गरेको छ। भारतको चेन्नईमा आज न्यूजिल्याण्डले टस जितेर पहिला फिल्डिङ रोजेको थियो। बङ्गलादेशले ब्याटिङ गर्दै निर्धारित ५० ओभरको खेलमा नौ विकेट गुमाएर दुई सय ४५ रन…