नेपालका चर्चित कलाकारको साथमा लन्चेस्टनमा ‘देउसी-भैलो साँझ २०२३’ हुँदै

नेपालका चर्चित कलाकारको साथमा लन्चेस्टनमा ‘देउसी-भैलो साँझ २०२३’ हुँदै


तास्मानिया अष्ट्रेलिया ।

तास्मानियाको लन्चेस्टनमा तिहारको अवसर पारेर देउसी भैलो साँझ सांगीतिक कार्यक्रमको आयोजना गरिएको छ। बि एण्ड बि इभेन्टले नोभेम्बर ११ कागतिहारको दिन म्याक्स फ्राई मेमोरियल हल लन्चेस्टनमा उक्त कार्यक्रमको आयोजना गरेको छ। 

इनट्याक्ट माइग्रेसन सर्भिस टाइटल स्पोनसर रहेको देउसी भैलो साँझ २०२३ मा नेपालका चर्चित कलाकार सुगम पोखरेल र सुदिन पोखरेलले प्रस्तुति दिने दिदीबहिनी र बि एण्ड बि इभेन्टका निर्देशक विष्णु थपलियाले जानकारी दिए। स्थानीय कलाकार नरेश रेग्मी र बिन्दु पौडेलले पनि कार्यक्रममा सांगीतिक प्रस्तुति दिने उनले केबीसीलाई जानकारी दिए। 

साँझ ६ बजेबाट सुरु हुने कार्यक्रमको प्रवेश शुल्क २५ अष्ट्रेलियन डलर कायम गरिएको बि एण्ड बि इभेन्टकै निर्देशक बिन्दु पौडेलले बताएकी छन। कार्यक्रम स्थलमा आएर टिकट खरिद गर्नेले भने ३० अष्ट्रेलियन डरल तिर्नुपर्ने उनको भनाइ छ। उनले विशुद्ध सांगीतिक कार्यक्रम रहेकाले तास्मानियावासी नेपालीहरुलाई कार्यक्रममा उपस्थित भएर चर्चित नेपाली कलाकारका साथ मनोरञ्जन लिन आग्रह गरेकी छन्। 

कार्यक्रमको टिकट खरिदका लागि यहाँ क्लिक गर्नुहोला।