काठमाडौँ ।
भारतले जारी आइसीसी क्रिकेट विश्वकपमा लागातर तेस्रो जित हासिल गरेको छ। शनिबार सम्पन्न खेलमा पाकिस्तानलाई ७ विकेटले पराजित गर्दै भारतले यस विश्वकपमा लगातार तेस्रो जित हासिल गरेको हो।
पाकिस्तानले दिएको १९२ रनको लक्ष्य पछ्याएको भारतले ३०.३ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो। यो जितपछि भारतको ३ खेलमा ६ अंक भएको छ र अंक तालिकामा शिर्ष स्थानमा उक्लिएको छ। त्यसैगरी पाकिस्तानको भने ३ खेलमा ४ अंक रहेको छ।
अब भारतले आफ्नो चौथो खेल आगामी विहिबार बंगलादेशविरुद्ध खेल्ने छ भने पाकिस्तानले अर्को खेल शुक्रबार अस्ट्रेलियाविरुद्ध खेल्ने छ।
प्रतिक्रिया